Logo

पत्रकारले विधेयकको बारेमा चासो नदिएको अध्यक्ष तिमिल्सिनाको दाबी



काठमाडौं, १६ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारहरूले विधेयकको बारेमा चासो नदिएको दाबी गरेका छन्।

शनिबार संसदीय मामिला पत्रकार समाजको अधिवेशनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पत्रकारहरूले नचाहिदो ठाउँमा चासो दिएको तर विधेयकको बारेमा चासो नदिएको बताएका छन्।

उनले भने, ‘कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ। सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजी नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधी खोजी नगर्ने गर्नु हुँदैन।’



प्रतिक्रिया दिनुहोस्