Logo

एउटै व्यक्ति नेतृत्वमा गएको जनताले मन पराउन छोडेः कुन्दनराज काफ्ले



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले एउटै व्यक्ति सधैभरी नेतृत्वमा रहेको जनताले मन पराउन छोडेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एउटै व्यक्ति सधैभरी नेतृत्वमा रहेको नेपाली जनताले मन पराउन छोडे । यो कुरा सत्य हो । यो कुरा हामीले कार्यान्वयन गर्ने दिशामा लाग्नुपर्छ । अबको नेतृत्वले सबैलाई समेटेर अगाडि जान सकोस । सबैलाई चित्त बुझाउनु पर्छ, नत्र विधि विधान अनुसार अगाडि बढ्नुपर्छ,’– उनले भने ।

राष्ट्रता, लोकतन्त्र, समाजवाद र राष्ट्रिय एकताका कुरामा कांग्रेसले कम्परमाईज नगर्ने उनको भनाई छ । पार्टीभित्र मन नमिल्दै गर्दा पनि विधानसम्मत अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्