Logo

सरकारले अतिरिक्त हुलाक खारेज गरेपछि लगभग ११ हजार कर्मचारी आन्दोलित



काठमाडौं, १६ असार । सरकारले अतिरिक्त हुलाक सेवा खारेज गर्ने निर्णय गरेदेखि अतिरिक्त हुलाकमा काम गर्दै आएका देशभरका ११ हजार कर्मचारी आन्दोलनरत छन् । उनीहरु गत असार ५ गतेदेखि निरन्तर रुपमा काठमाडौंमा एकीकृत भएर आन्दोलनरत छन् । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकबाट सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेको थियो ।

अतिरिक्त हुलाक सेवा एशोसिएसनका केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईँले अतिरिक्त हुलाक सेवा खारेजीको निर्णय तत्तकाल फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीको रोजीरोटी नखोसी अक्तिरिक्त हुलाक सेवाको पुनर्संरचना गर्नुपर्ने उनको भनाई छ ।

‘यो नालायक सरकार र हुलाक सेवा विभागले ११ हजार कर्मचारीको रोजिरोटी खोस्यो । अतिरिक्त हुलाक खारेज गर्यो । जब बजेट मन्तव्यमा खारेजीको कुरा आयो, त्यसदिनदेखि हामी आन्दोलित छौं । हाम्रो माग के हो भने संस्था खारेज गर्ने होइन, पुनर्संरचना गर्ने, त्यसलाई समय सापेक्ष र प्रविधिमैत्री बनाएर चलाउने भन्ने हाम्रो माग हो । त्यसलाई बेवास्ता गरेर खारेज भयो । त्यसकारण यो हाम्रो आन्दोलन हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्