Logo

मध्यपुर ठिमी–५ राष्ट्रिय युवा संघले आयोजना गरेको उपत्यका स्तरीय फुटसलमा सहभागी हुँदै



काठमाडौं, १६ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको उपत्यका स्तरीय फुटसल प्रतियोगितामा मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ छनोट भएको छ । भ्याली च्याम्पियनसिप फुटसल छनोट प्रतियोगितामा विजयी भएसँगै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ उपत्यका स्तरीय फुटसल प्रतियोगितामा छनोट भएको हो ।

आज मध्यपुरमा भएको छनोट प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए । खेलको उद्घाटन नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले गरेका थिए । उपत्यका स्तरीय फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिकबाट वडा नं. २ छनोट भइसकेको छ ।

एमाले नेता बस्नेतले संघले सम्पूर्ण नेपाली युवाहरुको उज्वल भविष्यको निम्ती विभिन्न प्रकारका रचनात्मक कार्यहरु गरिरहेकोमा खुसी व्यक्त गरे । खेलकुदले स्वस्थ, सभ्य र अनुशासित जीवन बनाउने उल्लेख गर्दै उनले आगामी वर्षमा पनि नियमित रुपमा उपत्यका स्तरीय फुटसल प्रतियोगिता हुने जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्