Logo

PTC Nepal एपको विधिवत रुपमा शुभारम्भ



काठमाडौं, १६ असार । पाईथन टेक कम नेपालले निर्माण तथा प्रवद्र्धन गरेको PTC Nepal एपको विधिवत रुपमा शुभारम्भ  गरिएको छ । दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य परामर्श दिने उद्देश्यले सञ्चानमा ल्याईएको PTC Nepal  एपको उद्घघाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दै बरिस्ठ नेत्र रोग बिसेसज्ञ डा. सन्दुक रुईतले नेपालका दुर्गम बस्ती बस्ने नेपालीहरुलाई उचित स्वास्थ्य परामर्श उपलब्ध गराउन सुझाव दिए ।

आधुनिक प्रविधिको उपयोग गर्दै निष्ठापूर्वक निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन र आम नेपालीलाई आधुनिक पूविधिको प्रयोग गरी परामर्श लिनसमेत उनले आग्रह गरे । भर्चुअल रुपमा संचालित उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखित शुभकामना सन्देश पठाउंँदै रोगमुक्त समाज निर्माणको कार्यमा आधुनिक प्रविधियुक्त स्वास्थ्य परामर्श सेवाले योगदान दिने विश्वास व्यक्त गरे ।

PTC Nepal का संस्थापक रामराजा बस्ताकोटीले बिज्ञ डाक्टरको सल्लाह र सुझावको उचित सुनुवाई गर्दै विपन्न र दुरदराजका नेपालीहरुलाई निशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्