Logo

मिटरब्याजी समस्या समाधानका लागि पहल कदमी लिएको भन्दै सांसद सापकोटाले गरे सरकारको प्रशंसा



काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले मिटरब्याजी समस्या समाधानका लागि सरकारले लिएको पहल कदमीको प्रशंसा गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट भएपनि सरकारले दिएको पहल कदमीलाई उनले प्रशंसा गरेका हुन् ।

सरकारले विधेक ल्याउँदै गर्दा गाउँघरमा अनौपचारिक रुपमा चल्दै आएको कारोबार र लेनदेनमा समस्या आउनेतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए । विज्ञान र प्रविधिको विकाससँगै कानुनहरुको पनि परिमार्जन गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

‘विज्ञान प्रविधिको विकास सँगसँगै र समाजको विकास सँगसँगै नयाँ–नयाँ अन्तरविरोध र घटनाक्रम अगाडि आउँछन् । त्यसलाई हामीले व्यवस्थापन गरेर अगाडि जाने हो । हामीले एक कदम अगाडि बढ्न खोज्दाखेरी केही चुनौतिहरु निश्चय नै आउँछ नै । अहिले अनौपचारिक हिसाबले अहिले पनि गाउँघरमा कारोबार र लेनदेन चल्छ, त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि चल्छ,’– उनले भने । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्