काठमाडौं, १७ असार । ६५ वर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोदरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपाल अधिराज्यभर गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ। गोदरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीको दाबी छ। गोदरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बोन फिल्टर रहेको हुनाले यो एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९५ सम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्ने उत्पादक कम्पनीको दाबी छ।
आर ३२ इको रेफ्रिजीरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको यो एसी टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित रहेको कम्पनीले जनाएको छ। यो एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको बताइएको छ।
१० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी रहेको यो एसीको कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एण्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल र अनलाइन सपिङ साईट मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्री पश्चात सेवा पनि प्रदान गरिरहेको सिजीले जनाएको छ।