Logo

एमाले सचेतक बर्तौलाको टिप्पणीः कानुनमन्त्री प्राध्यापक कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिने काममामात्रै व्यस्त हुनुभयो’



काठमाडौं, १७ असार । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मिटरब्याजी समस्या समाधान गर्न बनेको विधेकयमा राष्ट्रिय सभाबाट सुझावसहित पारित भएको र उक्त सुझाव के थियो भन्ने कुरा प्रतिनिधि सभालाई जानकारी नगराईएको भन्दै आपत्ति जनाएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्ति छलफलमा भाग लिँदै उनले राष्ट्रिय सभाबाट प्राप्त भएको सुभावको जानकारी नै नगरी सैद्धान्तिक छलफल चलाएको प्रति आपत्ति जनाएका हुन् ।

‘राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधि सभामा आएको विधेयक के हो विषय ? यो विना हामी छलफल चलाउने कुरा कानुन निर्माणको प्रक्रियालाई हामी कुन ढंगबाट लान खोज्दै छौं । संसद् कानुन बनाउने वास्तविक थलो हो । कानुन बनाउने औपचारिक थलोलाई नै कानुन निर्माणको प्रक्रिया र विधिका बारेमा सरकारले पटक–पटक अनादार गर्ने, सरकारको लाप्रबाहीको बन्धकी सदन बन्नुपर्ने, सरकारको लाप्रबाहीको हामी सांसदले जवाफ दिँदै हिँड्नुपर्ने यो कहिलेसम्म ?’– उनले प्रश्न गरे ।

कानुनमन्त्री धनराज गुरुङ यस विषयमा गम्भीर हुन नसकेको उनको आरोप छ । मन्त्री गुरुङ क्याम्पसका प्राध्यापक कुट्ने विद्यार्थीहरुको मुद्दा फिर्ता लिने काममा मात्रै व्यवस्त हुने गरको उनको टिप्पणी छ । ‘कानुनमन्त्री हामीले देख्दा यस्ता विषयमा ख्यालपूर्वक अगाडि बढ्नुहुन्छ भन्ने लाग्थ्यो । तर, घटनाक्रम जे देखिएको छ, उहाँ के मा व्यस्त हुनुहुन्छ ? क्याम्पसका प्राध्यापक कुट्ने विद्यार्थीहरुको मुद्दा फिर्ता लिने काममा मात्रै व्यस्त हुँदाखेरि यो अवस्था निर्माण भइरहेको छ,’– उनले भने ।

मिटरब्याजी समस्या समाधानका लागि बनेको विधेक संसद्बाट पारित हुँदैगर्दा फौजदारी कानुनको एउटा संख्या थपिने र यस कानुनले ७ वर्षसम्म कैद सजाय गर्न सक्ने भन्दै उनले सरकारले कानुनको गाम्र्भीयता बुझ्न नसकेको बताए । अध्यायदेश जारी भएर सदनलाई जानकारी भएको आज ५७औ दिन भएपनि भर्खरै आजदेखि सैद्धान्तिक छलफल चलाईको र यसलाई हतारमा सकाउन पर्ने बाध्यता रहेको उनले बताए ।

उक्त कानुन बनाउँदै गर्दा घरसारका लेनदेनलाई पनि अनुचित हो भन्ने अवस्था आउन सक्ने र यसमा सरकार गम्भीर हुन आवश्यक रहेको उनको भनाइृ छ ।



प्रतिक्रिया दिनुहोस्