काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएका छन्।
मेयर बालेनले आइतबार महानगर प्रहरीलाई सो जग्गा रहेको क्षेत्रमा तारबार लगाउन निर्देशन दिएको महानगर प्रहरीले जनाएको छ।
सो जग्गा प्रकरणमा छानबिन भइरहेको बेलामा मेयर बालेनले तारबार लगाउन निर्देशन दिएसँगै आफूहरूको टोली सो क्षेत्रमा जान लागेको महानगरप्रहरीले जनाएको छ।