Logo

साहुकरहरुले अदालत नै प्रयोग गरेर मिटरब्याज पीडितलाई दुःख दिएः प्रदीप पौडेल



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देश व्यवस्था परिवर्तन भएपनि मिटरब्याज पीडितलाई लोकतन्त्र, गणतन्त्र केही पनि नआएको टिप्पणी गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्ति छलफलमा भाग लिँदै उनले पीडितहरुको पक्षमा राज्यको ध्यान नपुगेको कारण साहुकरहरुले अदालतनै प्रयोग गरेर दुःख दिएको टिप्पणी गरे ।

‘यो हामीलाई धेरै अगाडि आवश्यक परेको कानुन हो । नेपालमा लोतन्त्र आयो, गणतन्त्र आयो । तर, मिटरब्याज पीडितहरुलाई लोकतन्त्र, गणतन्त्र केही पनि आएको रहेनछ । उनीहरु ठगिए, साहुकरहरुले अदालत नै प्रयोग गरेर उनीहरुलाई दुःख दिए । चेकमा सिग्नेचर गराएर, बाउन्स गराएर उनीहरुलाई थुनाए,’– उनले भने ।

अदालतले पनि साहुहरुको पक्षमा फैसला गरेको उनको दाबी छ । अहिले देशका विभिन्न ठाउँमा सहकारीले बचतकर्ता ठगिरहेको उल्लेख गर्दै उनले वित्तिय अनुसाशन कायम गर्न सबै लाग्नुपर्ने बताए । संसद्ले आम नागरिकको पक्षमा विधेयक र कानुन बनाउने सकृयता देखाउन नसकेको उनको बुझाई छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्