काठमाडौं, १७ असार । नेपाली कांग्रेसले देशभरीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ।
नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि छलफल गर्न जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाइएको कांग्रेसले जनाएको छ।
असार २१ गतेका सबै जिल्ला सभापतिहरूलाई केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो।