Logo

कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार, मान्लान् त देउवा ?



काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले केही पनि गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब आवश्यकताको सिद्धान्तले एमाले र कांग्रेसको सरकार बन्ने संकेत गरेका छन् ।

‘तीन वटा कारणले (एमाले र कांग्रेस) मिल्न सक्छन् । सरकार सञ्चालन गर्नका निम्ति, आर्थिक संकट टार्न, जनतालाई डेलिभरी दिन, राजनीतिक स्थायित्व अर्को कुरा बार्गेनिङ पोलिटिक्स र च्याँखे दाउले सत्ताको साँचो लिएर फनफन जादुमा घुमाएजस्तो विहान एउटासित लगन गाठो, साँझ अर्को सित सुहगारात, भोलिपल्ट विहान अर्कोसित घरजम गर्ने तरिकाले राजनीति जैलाने कुरा लज्जाजनक हो ।’ उनले भने, ‘राम्रो भएन त्यो । यो फिङ्स एमालेलाई पनि हुनुपर्यो, कांग्रेसलाई पनि हुनुपर्यो । आवश्यकताको सिद्धान्तले त्यहाँ पुर्याउन सक्छ भन्ने मलाई लाग्छ । ढिलो वा चाँडो तर यो सरकारले केही पनि गर्दैन ।’

नेपालमा नेस्नल इकोनोमिक क्राइसिसले गर्दा एमदमै अस्थिरता बढेको उनको भनाई छ । यस्तो बेलामा विदेशी शक्तिहरुले फाइदा उठाउने गरेको भन्दै उनले देशको निम्ति काम गर्न एमाले र कांग्रेसबीचको सहकार्यमा सरकार बन्न आवश्यक रहेको र बनेको खण्डमा अचम्म नमान्दा हुने बताए ।

एमालेले यस अघि पनि निशर्त प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवालाई प्रस्ताव गरेको तथ्य बाहिरिएको थियो । कांग्रेस नेताहरु अहिलेको गठबन्धन सरकारसँग त्यत्तिधेरै सन्तुष्ट छैनन् । प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेस र एमाले दुवैलाई साइजमा राख्नका लागि समाजवादी मोर्चा बनाएर अगाडि बढेको छ । भद्र सहमति अनुसारको समयमा प्रचण्डले देउवालाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्नेमा पनि कांग्रेसभित्र आशंका छ । एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्ने देउवा तयार हुने आधारहरु प्रसस्त छन् । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्