Logo

बालेनको निर्णय : निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा खोसे, आफैँ लिने



काठमाडौं, १८ असार । काठमाडौं महानगरपालिकाका नगरप्रमुखको बालेन्द्र शाह उर्फ बालेनको आदेशमा अब निजी विद्यालयहरूले छात्रवृत्ति परीक्षा आफैं नलिन पाउने भएका छन्।

आगामी शैक्षिक सत्रदेखि नगरप्रमुख शाहको निर्देशन बमोजिम त्यस्ता विद्यालयहरूले लिने छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरपालिकाले नै लिने भएको हो।

आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले महानगर क्षेत्रभित्र कक्षा ११ सञ्चालन गरिरहेका निजी विद्यालयहरूले छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिकाले आफैं नै सञ्चालन गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्