Logo

वैदेशिक रोजगारी व्यवस्थित बनाउन मध्यपूर्व क्षेत्रीय सम्मेलनमा महत्त्वपूर्ण : सचिव गुरुङ



काठमाडौं, १८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव प्रवीण गुरुङले मध्यपूर्ण क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन्।

उनले सम्मेलनमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सवालमा महत्त्वपूर्ण छलफल भएको बताए।

श्रमिकका समस्या र समाधानका सवालमा पनि महत्त्वपूर्ण छलफल भएको भन्दै उनले समग्रमा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको दाबी गरे।

सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य जनार्दन शर्मा, पूर्व श्रममन्त्री तथा प्रतिनिधि सभाका सदस्य किसान श्रेष्ठ, नेपाल सरकारका विभिन्न उच्च पदाधिकारी सहभागी थिए।

यस्तै, एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, अध्यक्ष डा बद्री केसी, कुल आचार्य, उपाध्यक्ष डिबि क्षेत्री, आरके शर्मा, महेश श्रेष्ठ, नरेन्द्र भाट, रोविन्द श्रेष्ठ, धर्मराज अधिकारी सहभागी रहेका थिए।

सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका, एसिया, ओसेनिया, अफ्रिकालगायतका क्षेत्रका विभिन्न मुलुकका करिब ५०० प्रतिनिधिको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्