काठमाडौं,१९ असार । एसीसी यू-१६ इस्ट जोन कप फाइनलमा नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछयाएको मलेसियाले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएपछि नेपाल उपाधितर्फ अग्रसर भएको छ ।
नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछयाएको मलेसियाले ८ ओभरमा ५ विकेट गुमाउँदै मात्र १८ रन बनाएपछि संकटमा परेको छ ।
मलेसियाको ब्याटिङ ध्वस्त बनाउन नेपालका कप्तान अभिषेक तिवारी एक्लैले चार विकेट लिएका छन् । भने सागर गैरेले एक विकेट लिए । ४ ओभर बलिङ गरेका अभिषेकले मात्र ४ रन खर्चदै ४ विकेट हात पारेका छन् ।
आज मलेसियालाई हराउँदै नेपाल एसीसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिकको नजित रहेको छ । यसअघि एसिसीको आयोजना भएको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।
नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। दुवै संस्करण थाइल्यान्डमा भएका थिए। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।