काठमाडौं,१९ असार । अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको पाणिनि गाउँपालिकाको गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बालबालिका रहेका छन् ।
मृत्यु हुनेमा स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ भने घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ ।