काठमाडौं,१९ असार । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न आयोजना गरिएको शीर्ष तीन दलका नेताहरुबीचको छलफल जारी रहेको छ ।
सिंहदरबारमा जारी छलफलमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी रहेका छन् ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।