Logo

मदर मुनको आत्मबृतान्तको नेपाली संस्करण सार्वजनिक



काठमाडौं, १९ असार । विश्व प्रशिद्द शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन ) को आत्मबृतान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलोपटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा अनुवाद गरी प्रकाशित गर्ने क्रममा आज छायाँ सेन्टरको अलफ्ट होटेलमा आयोजित बिशेष कार्यक्रमकोबीच संघीय संसद्को प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।

पुस्तक विमोचनपछि बोल्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मवृतान्त संसारका सम्पूर्ण महिलाहरुको लागि प्रेरणाको श्रोत हुने भन्दै शान्ति र मानब कल्याणको खाँतिर उनको योगदान अतुलनिय रहेको कुरा बताईन् ।

कार्यक्रमका अर्का वक्ता पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकालले मदर मूनको नेपाल र नेपालीप्रति असीम प्रेम र लगाब रहेको बताउदै सधै नेपालको उन्नति र प्रगतिमा उनको साथ रहेको बताए ।

आफ्नो मन्तब्य राख्ने क्रममा संघीय सांसद ढकालले डा. मुनको जीवनीबाट हामीले आफ्नो जीवनमा सफलताको लागि अनवरत संघर्ष गर्न सक्नुपर्दछ र त्यही संघर्षलेनै जीवन थप मजबुत बन्दछ भन्ने शिक्षा लिन सकिने कुरा बताए ।

युपिएफका अन्तराष्ट्रिय अध्यक्ष डा. चार्ल्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरीले शुभकामना संदेश दिदै नेपाल देश मदर मुनको प्रिय देश रहेको बताउदै नेपालीमा प्रकशित आत्मबृतान्तले सम्पुर्ण नेपालीलाइ सकारात्मक काम गर्न थुप्रै प्रेरणा मिल्ने कुरा बताए। वक्ताहरु क्रमशः लेखिका शोभा ज्ञवाली, बरिष्ट गायक आनन्द कार्की, प्राचार्य दीपक महर्जन लगायतले पुस्तकको विभिन्न पक्षलाई केलाउँदै आ–आफ्नो गहन धारणा द्वरा प्रष्ट पारेका थिए। विश्व शान्तिको लागि महिला संघ नेपालकी सभापति ब्लीसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्नु पर्छ भन्ने कुरालाई निकै जोड दिएको बताउदै शान्ति आजको समयमा सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने कुरा बताईन्। कार्यक्रममा वरिष्ठ कलाकार मुरलीधर, वरिष्ठ सन्चारकर्मी तथा शिक्षाविद मञ्जु कार्की र प्राचार्य दीपक महर्जनलाइ ‘शान्ति दुत’ सम्मान प्रदान गरिएको थियो।

तत्कालीन उत्तर कोरियामा जन्मिएकी श्रीमती डा हाक जा हान , कोरियाली युद्धसंगै दक्षिण कोरियामा शरणार्थी जीवन बिताएका उनकी श्रीमान डा सन म्योङ्ग मुनसंगको विबाह र त्यसपश्चात दम्पतिको रुपमा जीवनभरनै विश्व शान्तिको लागि थुप्रै जीवन संघर्षका अनुभूतिहरु आत्मबृतान्तमा राम्रोसँग समेटिएका छन्। कवि तथा गीतकार प्रकाश बाबु थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा सांसदहरु, बुद्धिजिबी, कलाकार लगयत महिला नेत्रीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। युपिएफ नेपाल लगाएतका सामाजिक सस्थाद्वारा आजको पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्