Logo

BSVCFICA का प्रतिनिधि मण्डलद्वारा एनभिएको कार्यालय अवलोकन 



काठमाडौं, १९ असार । बंगलादेश सर्भे एण्ड भ्यालुयसन कम्पनी एण्ड इण्डिभिज्योल कन्सर्नस् एशोसिएशन (BSVCFICA) का महासचिव मोहम्मद अनुवर हुसेन र ईन्जिनियर अनउल हखको प्रतिनिधि मण्डलले नेपाल भ्यालुयर्स एशोसिएशन (NVA) को कार्यालय अवलोकन गरेका छन् ।

BSVCFICA का प्रतिनिधि मण्डललाई एनभिएका कार्यवहाक अध्यक्ष लक्ष्मण सेढाईँले स्वागत गरेका थिए ।  BSVCFICA प्रतिनिधि मण्डल र एनभिएका पदाधिकारीबीच पेशागत विकास र आपसी हितको बारेमा छलफल भएको थियो । आगामी दिनमा थप कार्यक्रम र अनुभव आदान–प्रदान गर्नेबारेमा पनि छलफल भएको सचिव अशोक सिलवालले बताए ।

‘पेशागत विकासमा र आपसी हितका बारेमा दुई देशका मूल्याङ्कनकर्ता कम्पनीबीच अनुभव र आपसी सहयोग बढाउने विषयमा छलफल भएको छ,’– सचिव सिलवालले भने ।

सार्क मूलुकमा रहेका मूल्याङ्कन संवद्ध संस्थाहरुको छाता संगठन निर्माणको उद्देश्यले बगलादशी प्रतिनिधि मण्डलले एनभिएको अवलोकन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्