Logo

कृषिमा उत्पादकत्व बढाउँ, सधैं पसिनामात्रै बिक्दैनः केपी ओली



काठमाडौं, १९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कृषि विभागलाई कृषिजन्य उत्पादकत्व बढाउने कार्यमा योगदान पुर्याउन आग्रह गरेका छन् । आज (मंगलबार) एमाले कृषि विभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालमा रहेका उर्वर भूमिमा कृषिजन्य उत्पादन गरेर र प्राकृतिक स्रोत र साधनको समुचित प्रयोगबाट समृद्ध नेपाल निर्माणको यात्रा तय गर्न भनेका हुन् । नेपालको भौगोलिक विविधताबारे उल्लेख गर्दै उनले भौगोलिक अवस्थितिको आधारमा कृषिको उत्पादनम वृद्धिको कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

नेपाल अन्न, फलफूल, सगसब्जी, पशु्पालन लगायत सबैका लागि अनुकूल ठाउँ भएको उनले बताए । कृषि क्षेत्रको पुनर्ताजगीमा योगदान पुर्याउन आग्रह गर्दै उनले उक्त कार्य कुनै पार्टी विशेषका लागिमात्रै नभएर सिंगो देशका लागि हुने बताए । कृषिबाट हुने विकास नै दीगो विकास भएको उनको दाबी छ । क्वालिटी र स्वस्थ्यकर उत्पादन आजको आवश्यकता भएको उनले बताए । कृषिमा आधारित मजबुद अर्थतन्त्र भएको देशमा सकैले केही पनि गर्न नसक्ने उनको दाबी छ ।

‘उत्पादन र उत्पादकत्व बढाएनौं भने, खाद्य पदार्थ आयत गरेर बाँच्नुपर्ने नेपाल हो भने नियार्तत चाहिँ के गर्छौ त हामी ?’ प्रश्न गर्दै उनले भने, ‘कसैले हतियार बेचेको छ, कसैले आजको मोर्डन टेक्नोलोजी बेचेको छ । इन्ड्रिष्टियल प्रोटक्ट, म्यानुफ्याक्चरिलय गुड्स बेचेका छन् । हामीसँग त्यो बेच्ने खाल्को त केही पनि छैन । अब पसिनामात्रै बेच्ने, सधैं पसिना बिक्दैन ।’



प्रतिक्रिया दिनुहोस्