Logo

सिके राउत भन्छन्, ‘संसद् र सार्वजनिक वहसबाट मेरो वितृष्णा बढेको छ’



काठमाडौं, १९ असार । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त राउतले आफूलाई संसद् र सार्वजनिक वहसप्रति वितृष्णा बढेको बताएका छन् । संसद्‍मा जति जे बोले पनि, महिनौं छलफल गरे पनि, ठूल्ठूला प्रमाण देखाएरै टेबल ठठाए पनि आखिर केही नहुने रहेछ भन्ने आफ्नो निष्कर्ष रहेको उनले बताएका छन् । संसद्मा अंकगणितको दलीय सिन्डिकेटको आधारमा धेरै कुराको निर्णय हुने भन्दै उनले जतिधेरै वहस र छलफल गरेपनि केही नहु्ने बताएका हुन् ।

आज (मंगलबार) उनले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै केही दिनदेखि ‘मिडिया होलिडे’ मा बसेको र अन्तरवार्ताका लागि आएका प्रस्तावलाई स्वीकार गर्न नसकेको बताएका छन् । संगठनीक र व्यक्तिगत जीवनमा मिडियाहरुबाट राम्रो सहयोग पाएपनि आफूले मिडियाको क्षेत्रमा कुनै योगदान गर्न नसकेको उनीमा पछुतोसमेत रहेको छ ।

के बोलौं, कति बोलिराखौं जस्तो लागेको मात्रै हो #मिडिया)-होलिडे #संसद्-  बहस

(हार्दिकता र सहयोगको लागि समस्त मिडिया र पत्रकारहरूलाई हृदयदेखि धन्यवाद )
आजको युगमा मिडियाको अहम् भूमिकालाई कसैले नकार्न सक्दैन्। त्यसैले पत्रकारिता र मिडियालाई राज्यको चौथो खम्बा समेत भनियो। मेरो सांगठनिक र व्यक्तिगत जीवनमा पनि मिडियाको मैले राम्रो सहयोग पाएको छु। भलै न त मिडियाको लागि हामीले कुनै योगदान नै दिन सक्यौं, उनीहरूको लागि केही काम नै गर्न सक्यौं, न त हामीले मिडियासँगको सम्पर्क व्यवस्थित बनाउन सकेका छौं। यसका बाबजूद पत्रकार र मिडियाको सहयोग र साथ पाएकोमा हामी सबैसँग अनुगृहित छौं। सबै पत्रकार मित्रहरू तथा सञ्चारगृहहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं।

पछिल्लो समयमा आएको भूमिका र जिम्मेबारी निर्वाह गर्दै अनुभव बटुल्दै गर्दा, इमान्दारीताका साथ भन्नै पर्छ, संसद् र सार्वजनिक बहसबाट मेरो वितृष्णा बढेको छ। संसद्‍मा जति जे बोले पनि, महिनौं छलफल गरे पनि, ठूलठूला प्रमाण देखाएरै जति टेबल ठठाए पनि, शून्य होस् कि विशेष समयमा जति कराए पनि आखिर हुने केही रहनेछ, सानोभन्दा सानो काम पनि नहुने रहेछ ( देखिसक्यौं। जसले जे फूर्ति लाए पनि अन्तिममा ुहुन्छरहुन्नु भन्दै हात उठाउने र अंकगणितको दलीय सिन्डिगेटको आधारमा नै सबैकुरा निर्धारण हुन्छ, कुनै छलफलले होइन। त्यसैले संसद्मा पनि बोल्न कुनै रूचि रहेन। खाली जनतालाई देखाउनैका लागि हो भन्ने बेग्लै कुरा हो, तर हाम्रो आशा त्योभन्दा धेरै थियो।

मिडियामा पनि के बोलौं जस्तो लाग्छ १ नयाँ कुरा के भएको छ र अवगत गराऊँरु केही नयाँ कुरा, केही महत्वपूर्ण, सार्वजनिक चासोको विषय छ भने त फरक कुरा हो तर एउटै कुरा वा दिनहुँजसो भइराख्ने कुरामाथि पटक(पटक के बोल्नुरु दैनिकको संसदीय नाटक वा सरकारी गतिविधि बारेमा पनि के प्रतिक्रिया दिइराख्नु ! साँच्चै भन्ने हो भने कुनै जाँगर चल्दैन। त्यसैले पछिल्लो केही समयदेखि ुमिडिया होलिडेु मा बस्न खोजेको थिएँ ९पूर्णरूपमा सम्भव नभए पनि०। त्यसैले यस बीचमा धेरै पत्रकार साथीहरू र मिडिया हाउसको आग्रहलाई स्वीकार गर्न सकिन, कतिको फोन फर्काउन समेत सकिन होला, कृपया अन्यथा नलिइ दिनुहोला।

मसँग भन्नु पर्ने केही नयाँ कुरा भएको भए वा जनता र देशलाई हित हुने कुनै कुरा भएको भए पक्कै पनि जिम्मेबारीबाट नपन्छेर मआफैं पनि मिडियामा आउने थिएँ, तर अवस्था त्यस्तो छैन। त्यसैले व्यक्तिगतरूपमा अन्तर्वार्ताहरू अलिकति कम गरेकै हो। मेरो मनोभावलाई कदर गरेर हठ नगरिदिनु भएकोमा धन्यवाद छ। पुन:  यहाँहरूको देखाउनुभएको हार्दिकता र मलाई दिनु भएको स्पेसको लागि समस्त पत्रकार, मीडियाकर्मी तथा मिडिया हाउसलाई धेरै धेरै धन्यवाद।



प्रतिक्रिया दिनुहोस्