Logo

गलत सन्धि सम्झौता नगरेको एकमात्र पार्टी माओवादी होः वाईसिएल अध्यक्ष शेर्पाली



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले माओवादीले अहिलेसम्म देशलाई दूरागामी असर पर्ने सन्धि सम्झौता नगरेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सत्तामा जाँदा होस् वा सरकारको सहयात्री दल बन्दो होस् दुवै अवस्थामा गलत सम्झौता नगरेको एकमात्र पार्टी माओवादी भएको उनको दाबी छ । सरकारको पटक–पटक नेतृत्व गरेका अन्य पार्टीहरु गलत सम्झौता नगर्ने सूचीमा नरहेको उनको दाबी छ ।

‘आफूले सरकारको मुख्य नेतृत्व गर्दा होस् वा सरकार सहयात्री दल बन्दा देशलाई दुरागामी असर हुने कुनै पनि गलत सन्धी सम्झौता नगरेको एक मात्र पार्टी माओवादी हो । पटक–पटक सरकारको नेतृत्व गर्दै सहभागी भएको अरु कुनै पार्टी छत यो सुचिमा ?’– उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्