Logo

हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो : प्रधामन्त्री प्रचण्ड



काठमाडौं, २० असार । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई सिंग र दाह्रा छन् भनेर अपराधीकरण गरिएको आरोप लगाएका छन्।

बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सिंग र दाह्रा छन् भनेर अपराधीकरण गरिएको आरोप लगाएका हुन्।

उनले भने, ‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो। हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो। हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं। अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति छ, जुन जनयुद्धकालमा थियो। अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेका छौं।’



प्रतिक्रिया दिनुहोस्