Logo

संयुक्त राष्ट्र संघका पूर्व महासचिव मुनलाई मन्त्री मोदीको आँखी झ्याल र ढाका टोपी उपहार



काठमाडौं, २० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् । दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका पूर्व महासचिव वानकी मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन् ।

उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेका छन् । “नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनभुएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु” मन्त्री मोदीले भने, “नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।”

संयुक्त राष्ट्र संघका पूर्व महासचिव मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरुको बारेमा प्रशंसा गरे । उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्