Logo

राजस्वका कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन : कर्तव्यनिष्ठ भएर काम गर्नु होला



काठमाडौं, २० असार । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व विभागका कर्मचारीहरूलाई राजस्व उठाउन कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।

बुधबार आन्तरिक राजस्व विभागअन्तर्गतका देशभरका कर्मचारीहरूलाई अर्थमन्त्री महतले राजस्व उठाउन कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका हुन्।

उनले यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला। व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्। राम्रो काम गर्ने साथीहरूलाई धन्यवाद दिन चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्