Logo

प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजे बस्ने



काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको छ।

बुधबारको बैठक एमाले र राप्रपाका सांसदहरूले अवरोध गरेपछि पुन: शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित संसद अवरोध गरेका थिए।

*यसअगाडि प्रकाशित समाचारमा मिति अन्याथा हुन गएकोमा क्षमाप्राथी छौं। -स.



प्रतिक्रिया दिनुहोस्