काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्प्रति राख्ने सम्मान नभुल्नु पर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले संसद्प्रति राख्ने सम्मान नभुल्नु पर्ने बताएका हुन्।
दाहाल तीन चोटी प्रधानमन्त्री संसद्बाट भएको र पहिलो र तेस्रो पटक प्रधानमन्त्रीहुँदा दाहाललाई एमालेकै समर्थन भएको महामन्त्री शर्माले बताए।
उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसद्काप्रति राख्ने सम्मान भुल्नु हुँदैन। नेपालको संसदीय परिपाटी, संसद्को गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ।’