Logo

एलिजा फाउन्डेसनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



काठमाडौं, २० असार । एलिजा फाउन्डेसनले सुनसरीको सामु्दायिक विद्यालयमा शैक्षिक सामग्र र विद्यार्थीलाई आवश्यक सामनहरु वितरण गरेको छ । आज (बुधबार) फाउन्डेसनकी अध्यक्ष एलिजा गौतमले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । यसअघि केही समय राजनीतिमा सकृय गौतमले आफू राजनीतिबाट पनि बाहिरिएको बताएकी छन् । उनले आफू राजनीतिको बन्धनबाट बाहिर रहेर निरन्तर शिक्षा, स्वास्थ्य र महिला सचेतना अभिवृद्धिको कार्यमा लागिरहने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जीवन बुझ्न समाज बुझ्नु आवश्यक छ । रोग, भोक, अशिक्षा र गरिबीले ग्रस्त समाजमा आज पनि बालबालिका र महिलाहरु पीडित छन् । समाजमा रहेका यी विविध समस्यालाई नजिकबाट नियाल्न र उनीहरुको पीडामा मलम पट्टी लगाउने उद्देश्यले म राजनीतिमा आएको थिएँ । यद्यपि राजनीतिको बन्धनमा रहेर समाजमा जानुपनि चुनौति नै हो । म स्वतन्त्र रुपमा कुनै राजनीतिक दलको ट्याग विनाले समाज सेवामा समर्पित हुन चाहन्छु ।’

सामाजिक सञ्जालमा उनले लेखेकी छन्ः
जीवन बुझ्न समाज बुझ्नु आवश्यक छ । रोग, भोक, अशिक्षा र गरिबीले ग्रस्त समाजमा आज पनि बालबालिका र महिलाहरु पीडित छन् । समाजमा रहेका यी विविध समस्यालाई नजिकबाट नियाल्न र उनीहरुको पीडामा मलम पट्टी लगाउने उद्देश्यले म राजनीतिमा आएको थिएँ । यद्यपि राजनीतिको बन्धनमा रहेर समाजमा जानुपनि चुनौति नै हो । म स्वतन्त्र रुपमा कुनै राजनीतिक दलको ट्याग विनाले समाज सेवामा समर्पित हुन चाहन्छु । म हिजो राजनीतिमा नआउँदा पनि ‘एलिजा फाउन्डेसन’ मार्फत विभिन्न अभियान सञ्चालन गरेर शिक्षा, स्वास्थ्य र महिला सचेतना अभिवृद्धिको कार्यमा सहयोग पुर्याउँदै आएको यहाँहरुलाई अवगत नै छ । अब म कुनै राजनीतिक दलमा आवद्ध छैन ।

म स्वतन्त्र रुपमा मेरो अभियानलाई सञ्चालन गरिरहेको छु् । सबैभन्दा उत्तम नीति राजनीति भएपनि पहिले हामीमा चेतनाको स्तर अभिवृद्धि गराउन आवश्यक छ । बालबालिका भविष्यका कर्णधार हुन्, उनीहरुले देशको संविधानले प्रद्धत्त गरेको मौलिक अधिकार उपभोग गर्न पाउनु पर्छ । विविध कारणले राज्यले शिक्षामा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्था छ । उक्त परिस्थितिलाई मध्ये नजर गरेर मैले बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि शिक्षा क्षेत्रमा आफ्नो ठाउँबाट सकेको योगदान गर्ने प्रयन्त गरिरहेकी छु । आज सुनसरीस्थित इनरुवाको विद्यालयमा शैक्षिक सामग्री र विद्यार्थीलाई आवश्यक सामनहरु वितरण गरेकी छु ।

भोलि धरानका विद्यालयमा विद्यार्थीलाई सहयोग गर्न जाँदै छु । मेरो सहयोगको अभियान देशव्यापी हुनेछ । म आफ्नै क्षमतामा सकेको सहयोग लिएर सानासाना नानीबाबुहरुको साथमा पुगिरहेको छु । धनी होस् वा गरिब, सबैभन्दा पहिला उ मानिस हो । उचित अवसर पाएको खण्डमा सबै बालबालिकाले राम्रो प्रगति गर्न सक्छन् । यिनै नानिबाबुहरुमा भोलि यो देशको अभिभारा छ भन्ने बुझेर नै मैले यो सब गर्दै आएको हुँ । समाज रुपान्तरणको पहिलो शर्त शिक्षा, स्वास्थ्य र चेतना नै हो । त्यसैले म निरन्तर रुपमा समाज सेवामा लागिरहेको छु । जबजब समस्यामा रहेका साना–साना नानीबाबुहरुलाई देख्छु अनि मलाई म आफूलाई आफ्ना सारा दुःख बिर्सिएर उनीहरुको दुःखमा एकाकार हुने प्रयत्न गरिरहेको हुन्छु । गरिब, अशक्त र अनाथ बालबालिका र महिलाहरुको खुसीमा आफ्नो पनि खुसी खोजिरहन्छु ।



प्रतिक्रिया दिनुहोस्