काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले लगातार अवरोध गरेर सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका सचेतकसँग छलफल गर्ने भएका छन् ।
सभामुख घिमिरेले विहान ११ प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका हुन् । प्रचण्डले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
सिंहको जीवनकथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राष्ट्रघात भयो भन्ने निष्कर्षसहित राजीनामा मागेको थियो ।
एमालेले प्रतिनिधिसभा सहित राष्ट्रियसभा तथा केही प्रदेशमा समेत सदन
अवरोध गरिरहेको छ ।