काठमाडौं, २२ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको मुद्धामा विपक्षीहरूलाई बोलाउन आदेश दिइएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालासले विपक्षीहरूलाई बोलाउन आदेश दिएको हो।
सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्म प्रसाद गौतमले दायर गरेको मुद्दा र केन्द्रीय अनुसन्धान ब्युरोले दर्तागरेको भ्याकेट निवेदनमा विपक्षीलाई बोलाएरसँगै राखि सुनुवाइ गर्ने आदेश दिएको हो।