काठमाडौं,२२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
शुक्रबार निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट पवनकुमार निरौलाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रदेश सभाका सभामुख बाबुराम गौतम, मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख पर्शुराम खापुङलाई विपक्षी बनाई दायर गरेको रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गरेकबो नियुक्ति बदर गरी उपधारा ३ अनुसारको सरकार गठनको परमादेश माग गरिएको छ ।
प्रदेश प्रमुखले दाबी पेस गर्न आव्हान गरेपछि बिहीबार ४ दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर दाबी पेस गरेका थिए । जून कार्य संविधान र कानून विपरित रहेको ठहर गर्दै प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अदालतमा मुद्धा दायर गरेका हुन् । जसको पेसी यहि आइतबारलाई तोकिएको छ ।
यस्तो छ अदालतमा दायर भएको रिटको पूर्णपाठ