Logo

१४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक



काठमाडौं, २२ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि सुरु भएको दुई दिने बैठक १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको हो ।

बैठकमा जिल्ला सभापतिहरुले पार्टी रुपान्तर र सुदृढीकरणका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए । बैठकको अन्त्यमा, पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । File photo/RN 



प्रतिक्रिया दिनुहोस्