Logo

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा



काठमाडौं, २३ असार । गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।
मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा  परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए ।
“रोपाइँ गर्ने बेलामा गोरु म¥यो”, उनले भन, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए ।  रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, पन्तले भने ।
लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए ।  “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ  । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।”
गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा शर्मिला कुमालले बताए । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनार्इ छ ।  File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्