Logo

खेलाडी भनेको देशको सान, मान र झण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा फहराउने व्यक्ति हुन् : पूर्वमन्त्री बस्नेत



काठमाडौं, २३ असार । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले खेलाडीहरू भनेको नेपालको सान, मान र झण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा फहराउने व्यक्ति भएको बताएका छन्।

शनिबार युवा संघले आयोजना गरेको भ्याली च्यापियनसिप फुटसलको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले एमाले खेलकुद तथा रचनात्मक कार्यको माध्यमबाट युवाहरुलाई राष्ट्रनिर्माणमा जोड्ने अभियान चलाएको उल्लेख गरे।

संघले आयोजना गरेको फुटसल प्रतियोगितामा सहभागिता जनाउने खेलाडी नै भोलिको राष्ट्रिय खेलाडी बन्नेमा विश्वास व्यक्त गर्दै संघको इन्चार्जसमेत रहेका नेता बस्नेतले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन सफल भएको स्मरण गरे।

उनले भने, ‘युवा भनेको खेलकुद, खेलकुद भनेको युवा भन्ने मान्यता संघले स्थापित गर्नेमा विश्वास लिएको छु। आज युवाहरू सामान्य फुटसलमात्र खेलिरहेका छैनन्। फुटसलको माध्यमबाट युवाहरू कला, क्षमता विकास गरिरहेका छन्। त्यसैले आज कपनमा खेलीरहेका युवाहरू भोलिका राष्ट्रिय स्तरका खेलाडीहरू हुन्। भोलिको नेपालको सान, मान र गौरवको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय मञ्चहरुमा फहराउने व्यक्तिहरू हुन्। अमेरिकालाई क्रिकेटमा हराउन सफल भएको छ। नेपालका विर खेडालीहरुले एकमात्र रुपमा नेपालले अमेरिकालाई क्रिकेटमा हराउन सफल भएका छन्। कतारमा नेपालीहरुको पहिचान भनेको श्रमिकहरूको मुलुक भन्ने भएता पनि अहिले क्रिकेटमा कतारलाई नेपालले हराउन सफल भएकाले त्यहाँका विशिष्ठ व्यक्तिहरूले नेपाली कामदारलाई भोज खुवाउने अवस्था बनेको छ। तिम्रो देशले हामीलाई हराउने हैसियत बनेको छ। त्यसैले खेलकुदको माध्यमबाट नेपालको मान, सान र गौरव बढाउन युवा साथीहरू लाग्नुभएको छ।’



प्रतिक्रिया दिनुहोस्