Logo

सरकार बनाउन कुनै गठबन्धनमा नजाने रास्वपा सभापति लामिछानेको उद्‍घोष



काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकार बनाउने कुनै गठबन्धनमा नजाने उद्‍घोष गरेका छन्।

शनिबार रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकार बनाउन तत्काल कुनै गठन्धनमा नजाने उद्‍घोष गरेका हुन्।

उनले भने, ‘रास्वपा कुनै दलको पछाडि लाग्ने पार्टी होइन, विगतको निर्वाचनमा भएभरका पार्टीहरू एकजुट हुँदापनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको हो, अब हाम्रो मिसन ०८४ हो, सरकार बनाउने कुनै गठबन्धनमा अहिले जाँदैनौ।’



प्रतिक्रिया दिनुहोस्