Logo

दुर्घटनाका घटना बढ्दै गएकोप्रति चिन्ता जनाउँदै ओली भन्छन्: सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो



काठमाडौं,२४ असार । नेपालमा पछिल्लो समय सडक दुर्घटनाका घटनामा वृद्धि हुँदै गएको पाइएको छ ।

हालसालै सार्वजनिक एक प्रतिवेद्धन अनुसार नेपालमा औसत दैनिक ६ जना मानिसले सडकलगायतका दुर्घटनाबाट ज्यान गुमाएको देखिएको छ ।

दैनिक ६ जना मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको रिर्पोट सार्वजनिक भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सडक दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखिएका बताएका छन् ।

उनले लेखेका छन् ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार,सडक अनुशासन,ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म
अध्ययन र अनुसन्धान हुन जरुरी देखियो’। 



प्रतिक्रिया दिनुहोस्