Logo

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको अडान कायमै, राष्ट्रिय सभाको बैठक आजपनि अवरुद्ध



काठमाडौं,२४ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

आजको बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अधयक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए ।

अध्यक्षले समय उपलब्ध गराउपछि आफ्नो धारणा राख्दै सांसद न्यौपानेले प्रधानमन्त्री प्रचण्डबाट दिन प्रतिदिन राष्ट्रघात हुने काम गर्दै भारतप्रस्थ गतिविधि गरेको बताउँदै राजीनामा नदिएसम्म सदन चल्न नदिने आफ्नो दलको अडान यथावत रहेको बताईन् ।

उनले प्रधानमन्त्रधी दाहालको अभिव्यक्ति प्रष्टसँग आएको भन्दै सदनमा जवाफ आवश्यक नरहेको हुँदा राजीनामा दिनुपर्ने बताइएन् ।



प्रतिक्रिया दिनुहोस्