Logo

राष्ट्रिय सभाको बैठक आजपनि स्थगित



काठमाडौं,२४ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार चौथो दिनपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ ।

काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी सरदार प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन निक्कै पटक भारत धाएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेले आजपनि सदन चल्न नदिएपछि बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभालाई जानकारी गराए ।  file photo



प्रतिक्रिया दिनुहोस्