Logo

प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाईसके: एमाले सांसद न्यौपाने



काठमाडौं,२४ असार । नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदमा बसने नैतिकता गुमाएको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै न्यौपानेले विगतमा पनि बारम्बार देशलाई धोका दिनका लागि भारतसँग मिलेर कम्फर्टेबल सरकार बनाउने अभिवयक्ति दिँदै आएका प्रधानमन्त्री दाहालले यसपटक आफ्नो कुर्सी जोगाउन हद पार गरेको आरेप लगाईन् ।

उनले भनिन् उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर पत्र पठाउनुभयो। यहाँ कार्यकर्तालाई उफार्नुभयो। उहाँ नाटक गर्न सिपालु हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा धावा बोल्नुभएको छ। भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गर्नुभएको छ। केही समयअघि पनि उहाँले भारतको कम्फर्टेबल सरकार बनाउनको लागि सहयोग माग्नुभयो। उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयो।’तपाई संसदमा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक हुनुहुन्न। उहाँ नाटक गर्न धेरै सिपालु हुनुन्छ। त्यसैले हामी हाम्रो मागबाट पछि हट्दैनौं।

काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी सरदार प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन निक्कै पटक भारत धाएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर एमालेले घोर आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्