Logo

अवरुद्ध सदन खुलाउन शीर्ष नेतालाई छलफलमा जुट्न अध्यक्ष तिमल्सिनाको आग्रह



काठमाडौं,२४ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पटक पटक सदन अवरुद्ध हुँदा जनतामा राम्रो सन्देश नजाने बताएका छन् ।

लगातार चौंथो दिनपनि नेकपा एमालेले सदन अवरुद्ध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेपछि अधयक्ष तिमल्सिनाले शीर्ष दलका नेताहरुलाई छलफलमा जुट्न आग्रह गरेका छन् ।

उनले भने ‘माननीय सदस्यहरु ४ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ । संसद सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु’।

आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकमाथि छलफल गर्न सोमबार ११ बजेट १ मिनेटका लागि अर्को बैठक बोलाइएको छ ।

सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको अध्यक्ष तिमल्सिनाले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्