Logo

सदन खुलाउन शीर्ष नेता छलफलमा,दुई घण्टालाई सर्‍यो प्रतिनिधिसभा बैठक



काठमाडौं,२४ असार । प्रतिनिधिसभाको बैठक दुइ घण्टालाइ सरेको छ । लगातार अवरुद्ध हुँदै आएका सदन खुलाउने विषयमा छलफल गर्न शीर्ष तीन दलका नेताहरु छलफलमा जुटेपछि बैठक पर सरेको हो ।

अवरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेपछि सहमतिको आशासहित बैठक सार्न प्रधानमन्त्री प्रचण्डले फोन गरेपछि सभामुख देवराज घिमिरेले बैठक सारेका हुन् ।

केही दिनअघि भारतीय व्यापारी सरदार प्रितम सिंहबारे उनकी छोरीले लेखेको पुस्तक विमोचन कार्यक्रममा आफुलाइृ प्रधानमन्त्री बनाउन सरदार सिंह धेरैपटक भारत पुगेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर एमाले राप्रपा र रास्वपाले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्