काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा स्पष्टीकरण दिने भएसँगै संसद् अवरोध खुलेको छ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार दिएको अभिव्यक्ति देश विरोधी भएको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दा सदन चल्न सकेको थिएन।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिने र प्रतिपक्षी दलले सदन अवरोध हटाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो सँगै प्रतिनिधिसभाको बैठक अहिले ३ बजे बस्दैछ।