Logo

एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे संसद् अवरोध कायमै राख्ने



काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि आज (आईतबार) प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलपछि एमाले प्रधानमन्त्रीको जवाफ चित्त नबुझे फेरि संसद् अवरोध कायमै राख्ने गरी आज जवाफ सुन्ने निर्णयमा पुगेको हो । प्रतिनिधि सभा बैठक आज दिउँसो ३ बजे बस्दै छ ।



प्रतिक्रिया दिनुहोस्