Logo

अन्तत: क्यान महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण



काठमाडौं, २४ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदीप अधिकारीले अन्तत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई स्पष्टीकरण बुझाएका छन्।

महानिर्देशक अधिकारीले बुझाएको स्पष्टीकरण पत्र आइतबार मन्त्रालयमा दर्ता भएको छ।

मन्त्री किरातीले पहिलो पटक सोधेको स्पष्टीकरणको जवाफ नदिने अडान राख्दैआएका महानिर्देशक अधिकारीले स्पष्टीकरण बुझाएका थिएनन्।

सो स्पष्टीकरणको बारेमा महानिर्देशक अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीको सचिवालय सँगपनि लामो छलफल गरेका थिए।

सात दिने स्पष्टीकरणको जवाफ नदिएपछि महानिर्देशक अधिकारीलाई मन्त्री किराँतीले फेरि तीन दिने स्पष्टीकरण सोधेका थिए।

मन्त्री किरातीले चेतावनी भाषामा स्पष्टीकरण सोधेपछि महानिर्देशक अधिकारीले अन्तत: स्पष्टीकरण बुझाएका हुन्।



प्रतिक्रिया दिनुहोस्