Logo

माओवादीले रूकुम-रोल्पाबाट खनेको सुरुङको मुख दिल्लीमा रहेछः अधिवक्ता नेउपाने



काठमाडौं, २४ असार । अधिवक्ता बालकृष्ण नेउपानेले कम्युनिष्टहरुले राष्ट्रियताको नाममा देश सिध्याउनै लागेको आरोप लगाएका छन् । आज (आईतबार) नेपाली वंशज नागरिक संघले रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले माओको नाममा राहुको काम गरेको टिप्पणी गरेका हुन् । साथै, माओवादीले जनयुद्धको क्रममा रुकुम, रोल्पाबाट खनेको सुरुङको मुख दिल्लीमा भेटिएको उनको टिप्पणी छ ।

‘हाम्रा देशमा १२ बुँदे कम्युनिष्ट नाम माओको राख्ने, काम राहुको गर्नेले राष्ट्रवादका नाममा यो देश सिध्याउने भए । घनघोर राष्ट्रवाद । रूकुम, रोल्पाबाट खनेको सुरुङ दिल्ली रहेछ त्यसको मुख । नेपालको प्रधानमन्त्री एक जना ट्रक व्यवसायीले दिल्लीमा भएर बनाउँदो रहेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्