Logo

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको अडान दुबै गलत छ: महामन्त्री शर्मा



काठमाडौं,२४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निरन्तररुपमा सदन अवरुद्ध गर्दै जानु देश र जनताको लागि घातक हुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले  आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सामान्य मर्यादाको ख्यालसमेत नगरि अभिव्यक्ति दिनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गल्ती भएको बताए ।

शर्माले ५-५ महिनामा देशलाई अस्थिरता तिर धकेल्ने उदेश्यसहित प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामाको कुरा उठाएको भन्दै एमालेले राजीनामा माग्नु र प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिनु दुबै गलत भएको बताए ।

उनले भने,‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको,सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो ।

सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी राजीनामा माग्ने काम पनि नेकपा एमाले बाट बेठिक भएको हो ।’  file photo 

 



प्रतिक्रिया दिनुहोस्