Logo

मकवानपुरका आमेथ मंगलबार अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै



काठमाडौं, २४ असार । मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरुहुने ३०औँ दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगीता २०२३ मा खेल्ने भएका छन्।

स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौं वर्ष मुनिका खेलाडीहरुबीच हुने अन्डर नाईन खेलमा रुम्बाले सीडी ईन्टरनेशनल क्लबबाट खेल्ने मौका पाएका हुन्।

उनी फरवर्ड प्लेयर पोजिसनका खेलाडी हुन्। सीडी क्लबले रुम्बाको रनिङ्ग, खेलको क्षमता र बलियो शरिर देखेका कारण क्लब छात्राबृती दिएर प्रशिक्षण गराईएको छ ।

उनको खेल क्षमताको आधारमा छोटो समयमै क्लबमा अनुबन्धित भएर दोनोस्टी कप ईन्टरनेशनल फुटबल प्रतियोगितामा क्लबले छनोट गरेको उनका बुबा अशोक रुम्बाले बताए।

छोराको ईच्छापनि फुटबलमै भएका कारण आफूले सोही क्षेत्रमा लगाएर अगाडि बढाएको उनका बुवाले बताए।

मंगलबार रुम्बाको टिमले पेरिसको न्यू ओरल्यास क्लबसँग पहिलो खेल खेल्ने छ। दोनोस्टी सिटिको एलिना स्टेडियममा जुलाई ३ देखि ९ सम्म चल्ने प्रतियोगीता अन्तर्गत मंगलबारको खेल नेपाली समय अनुसार साझ ८ बजे सुरूहुने तालिका रहेको छ।

प्रतियोगीतामा एसिया, अमेरीका, युरोप र अफ्रिकाका गरी २७ राष्ट्रका खेलाडीहरुको सहभागीता रहने जनाईएको छ।

आमेथ नेपाली, हिन्दी, अग्रेजी, स्पेनिष र दोनोस्टीको भाषासमेत राम्रै बोल्ने गर्छन्।

मकवानपुरको मनहरी गाँउपालीका-३ पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारी शिलशिलामा स्पेन बस्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्