Logo

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा



काठमाडौं,२५ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाईका लागि न्यायाधीश सुष्मालता  माथेमाको एकल इजलासमा पेसी तोकिएको छ ।

हिजो न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा हेर्न नभ्याउनेमा परेको थियो ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।

उनले रिटमा मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्