काठमाडौं,२५ असार । वान एक्स बेट प्रकरणमा नेपाल प्रहरीले मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशल पोखरेललाई फरार सूचीमा राखेर अभियोग पत्र दायर गरेको छ। उनी चर्चित युट्युवर हुन् ।
प्रहरीले ९ जना युट्युबर तथा कलाकार र वान एक्स बेट कारोबारी दिनेश खड्का र उनकी श्रीमती अनिता धितालसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ। सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अभियोग लगाइएको छ ।
यस् प्रकरणमा चर्चित कलाकारहरु राजु पौडेल(राजु मास्टर) मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) बेगम नेपाली (भटभटे माइला) पवन खतिवडा (म्याकुरी) लगायतका कलाकार र युट्युबर प्रहरी हिरासतमा रहेका छन् ।
युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर प्रवर्द्धन गरेको र आर्थिक लाभ लिएको आरोप लागेको छ।