Logo

शीर्ष तीन नेताबीच छलफल हुँदै,जुट्ला त सहमति ?



काठमाडौं,२५ असार । प्रतिनिधि सभामा भइरहेको अवरोध हटाउन आजपनि शीर्ष तीन दलका नेताहरु छलफलमा जुट्ने भएका छन् ।

अहिले केहीबेरमा बस्ने शीर्ष तीन नेताहरुको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनेछन् ।

आजको छलफलमा पनि निरन्तररुपमा भईरहेको सदनको अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।

गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्षी दलहरुले निरन्तर सदन अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजिनामा मागेका छन् ।

आइतबार पनि सदनको गतिरोध हटाउने विषयमा शीर्ष तीन नेताबीच छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आत्मालोचनासहित संसद्मा सम्बोध गर्ने र एमालेले अवरोध नगर्ने सहमति भएको थियो । तर सहमति भएको ३० मिनेटमै प्रमुख प्रतिपक्षी दल एमालेले सदनको अवरोध कायमै राख्ने बताएपछि हिजोको छलफलले सार्थकता पाउन सकेन ।

सभामुख देवराज घिमिरेरे आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री प्रचण्डको आग्रहमा आज दिउँसो तीन बजेसम्मका लागि स्थगित् गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्